राजनीति
बारा-२ को मतगणना प्रत्यक्ष प्रसारण गर्न सिके राउतको माग
०

काठमाडौं, वैशाख ११
जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा-२ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै उनले मतगणनाको लाइभ गर्न माग गरेका हुन्।
अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘बारा-२ मा मतगणना स्थलको लाइभ हुनुपर्छ। सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो। प्रहरी प्रमुखको मिलेमतो थियो।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























