बारा

बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु

Banner

बारा, वैशाख ११–

बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ ।

आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ । बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब ६३ प्रतिशत मतदान खसेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>