देश/प्रदेश

भ्रष्टाचार छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन्: विप्लव

Banner

काठमाडौं, वैशाख १०-

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार छानबिन गर्ने हो भने समकालीन सबै नेता जेल जाने दाबी गरेका छन् ।

आइतबार शिक्षा पत्रकार समूहले गरेको शिक्षा बहस कार्यक्रममा उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए ।

‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदि छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउँछ, उसले उसलाई लगाउँछ उहाँहरु (नेताहरु) को कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो’, उनले भने ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>