देश/प्रदेश

सवारी दुर्घटनामा वडाध्यक्ष अधिकारीको मृत्यु

Banner

काठमाडौं, वैशाख १०

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्।

‘हिजोसम्म उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो। तर आज बिहान ३ बजेदेखि एक्कासि प्रेसर बढेको थियो। अहिले चिकित्सकले घोषणा गर्नुभयो,’ उनले भनिन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>