राजनीति

बाबुराम भट्टराईलाई रवीन्द्र मिश्रको जवाफ– ‘विचारभन्दा माथि देश’ स्वयंमा एउटा विचार हो

Banner

बैशाख, काठमाडौँ १०-

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो ‘विचारभन्दा माथि देश’ दस्तावेजविरुद्ध टिप्पणी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जवाफ फर्काएका छन्।

डा.भट्टराईले आज सामाजिक सञ्जालमार्फत वैकल्पिक राजनीति गर्नेहरूलाई विचारको अवमूल्यन नगर्न चेतावनी दिँदै ‘विचारभन्दा माथि देश’को हालत के भयो भनी टिप्पणी गरेका छन्।

यसमा जवाफ दिँदै मिश्रले लेखेका छन्, ‘म विचारविहीन मान्छु हुँ भन्ने होइन। ‘विचारभन्दा माथि देश’ स्वयंमा एउटा विचार नै हो। तर त्यो व्यक्तिगत विचारभन्दा पनि देशको हितलाई केन्द्रमा राखेर निर्माण गरिएको विचार हो। त्यसै कारणले नै ‘विचारभन्दा माथि देश’ भनिएको हो।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>