राजनीति

धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै रोक्न एमाले उम्मेदवार पौडेलको माग

Banner

बारा, वैशाख १०

बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उम्मेदवार पौडेलले ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।

‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, इनरवा , सनफुलवा, सिञ्चाई वुथ लगायत वुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन्’, पौडेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको माखौल उडाएको छ । म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>