निर्वाचन

बारामा उपचुनावमा असर पुर्‍याउन खोजेको आरोपमा पाँच जना पक्राउ

Banner

काठमाण्डौ, वैशाख १०-

बारामा भइरहेको उपचुनावमा असर पुर्‍याउन खोजेको आरोपमा पाँच जना पक्राउ परेको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार देवताल गाउँपालिका ७ को मतदान केन्द्रबाट बारका २ र रौतहटका ३ जना गरी ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जनता समाजवादीका स्थानीय नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवसहित ५ जनालाई पक्राउ गरेको हो । यादवले सक्कल मतपत्रसँगै नमुना मतपत्र समेत मतपेटिकामा खसाल्न खोजेपछि प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । अन्य चार जनालाई होहल्ला गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई बेलुका ५ बजेपछि छोडिने सापकोटाले जानकारी गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारामा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले केही मतदान केन्द्र जसपाका कार्यकर्ताले कब्जामा लिएको आरोप लगाए पनि त्यो सत्य नभएको उहाँले बताउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>