राजनीति

राजनीतिक ‘वेश्या’ प्रचण्ड भएको भन्दै बस्नेतले भने- रास्वपाका अधिकांश सांसद एमालेको स्कुलिङबाट आए

Banner

काठमाडौं, वैशाख १०

नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपाको अधिकांश सांसदहरू युवा संघ र एमालेको स्कुलिङबाट आएकाहरू भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पार्टीहरूमा पनि युवा संघका नेताहरू सांसद बनेका बताए ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आपोप लगाए ।

उनले भने, ‘प्रचण्ड कमरेडले तनहुँ र चितवन लगायतको ठाउँमा बोल्नुभएको थियो । हामी एमालेसँग सहकार्य गरिरहेका थियौं मेरो ध्यान चाहिँ देउवासँग थियो । देउवासँग मेरो डिप लभ परेको थियो भन्नुको मतलब त्यसलाई राजनीतिक वेश्याको उपमा दिन सकिन्छ । राजनीतिक वेश्वावृत्ति गर्ने प्रचण्ड प्रवृत्तिविरुद्ध राष्ट्रिय युवा सँग लाग्छ ।’

उनले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लाग्न निर्देशनसमेत दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>