निर्वाचन
दुईवटा मतपत्र खसाउन खोजेपछि बारा देवतालमा जसपा नेता यादव पक्राउ
०

बारा, वैशाख १०-
दुईवटा मतपत्र खसाउन खोजेपछि बारा देवतालमा जसपा नेता रामसागर यादव पक्राउ परेका छन् । मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्वर २ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका नेता यादव पक्राउ परेका हुन् ।
उनी देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ । स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
प्रहरीले जसपा नेता यादवलाई पक्राउ गरेपछि सो पार्टीका स्थानीय नेता कार्यकर्ता पनि लफडा गर्न खोजेका थिए । तर, तत्कालै थप सुरक्षाकर्मी सो मतदान केन्द्रमा पुगेपछि मतदानमा अवरोध नभएको बुझिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























