चितवन विशेष

चितवन–२ मा जितनारायणले शक्तिखोरबाट मतदान गर्ने, रवि र रामप्रसादले आफैँलाई मत दिन नपाउने

Banner

चितवन, वैशाख ९-

चितवन–२ को उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी तीन जनामा कांग्रेसका जीतनारायण श्रेष्ठले मात्र मतदान गर्न पाउने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने र कांग्रेसका श्रेष्ठमा श्रेष्ठ मात्र चितवन–२ का मतदाता हुन् । लामिछाने काठमाडौँका मतदाता हुन् भने न्यौपाने चितवन–३ का मतदाता भएकोले उनीहरुले आफूलाई मत दिन पाउँदैनन् । श्रेष्ठले कालिका नगरपालिका–९ को चर्तुमुखी माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्ने छन् । चितवन–२ को उपनिर्वाचनमा २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहे पनि मुख्यतया तीन उम्मेदवार लामिछाने, श्रेष्ठ र न्यौपानेको बीचमा मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>