राजनीति
रविप्रति बाबुरामको टिप्पणीः पपुलिजमका रुपमा कुनै विचार धारा छैन, सिद्धान्त छैन, यस्तो चटकेहरुले केही गर्न सक्दैनन्
०

काठमाडौैं, वैशाख ९-
नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एजेण्डा र सिद्धान्त नभएको चटके भएको टिप्पणी गरेका छन्।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेलाई एजेण्डा र सिद्धान्त नभएको चटके भएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘जुन हावा दक्षिणतिरबाट बगेको छ। त्यो डरलाग्दो छ। झट्ट हेर्दा नदेखिन सकिन्छ। पपुलिजमका रुपमा कुनै विचार धारा छैन, सिद्धान्त छैन, यत्रा गम्भिर समस्याको कुनै विश्लेषण छैन। म आएपछि सबै गर्दिन्छु भनेर एउटा मान्छे उफ्रिन्छ, अनि गरिब बाध्य भएर विदेशियका जनता त्यसैलाई ताली पिट्छन्। के त्यो जादुगर हो? यस्तो चटकेहरुले केही गर्न सक्दैनन्।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























