राजनीति

एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपाने सहित ३० जनाभन्दा बढि नेता कार्यकर्ता एमाले प्रवेश

Banner

काठमाडौँ, वैशाख ९

नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेता न्यौपाने सहित ३० जना भन्दा बढि नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

न्यौपाने लगायत माओवादीबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी शर्माले ओलीले स्वागत गरेका थिए । त्यस्तै रसुवाका प्रेम तामाङ लगायतका दर्जन नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् । न्यौपानेसँगै चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भिमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामा लगायत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>