राजनीति

एमाले पनि मैले नै बनाएको पार्टी हो: अध्यक्ष माधव नेपाल

Banner

काठमाडौं, वैशाख ९-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश निर्माणका लागि समाजवादी मोर्चा बनाएर जानुपर्ने बताएका छन्। नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्र्दै वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताए।
उनले भने, ‘जतिबेला हामीले मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको विचार अगाडि सारेका थियौं। त्यसबेलामा हामीले कम्युनिष्ट पार्टीहरुबीच सहकार्य गर्नुपर्छ भन्ने मान्यता बोकेका थियौं। त्यो अहिले यथार्य भएछ। हामी मात्रै शुद्ध कम्युनिष्ट पार्टी भनौं माओवादी केन्द्र छ। माओवादी मात्रै भनौं फेरि उता नेकपा एमाले छ। जुन पार्टी मैले नै बनाएको हो। हामीले नै बनाएको हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>