Breaking News

रवि लामिछानेका चालक थापाको अवस्था चिन्ताजनक

Banner

चितवन, वैशाख ९-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को स्वास्थ्य अवस्था चिन्ताजनक छ।

मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको अवस्था ‘क्रिटिकल’ छ । उनको मुटुको चाल र रक्तचाप चिकित्सकीय उपकरणका सहायताले मेन्टेन गरिएको बताइएको छ ।

‘उनको अवस्था अत्यन्तै क्रिटिकल छ । अहिले मेसिनको सहायताले मुटुको चाल र रक्तचाप मेन्टेन गरिएको छ,’ अस्पताल स्रोतले भन्यो । थापा सोमबार (वैशाख ४ गते) बिहान भरतपुरमा लामिछानेको घरको छतबाट खसेको अवस्थामा फेला परेका थिए । राति सुत्नका लागि छतमा गएका उनी बिहान घाइते अवस्थामा फेला परेपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज पु¥याइएको थियो । चितवनबाट उनलाई वैशाख ५ गते नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो । यो घटना कसरी के कारणले भयो भन्ने स्पष्ट भएको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>