समाज

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

Banner

काठमाडौं, वैशाख ९–

भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख छ।

उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शुक्रबार पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकले सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन्।’

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उनी उपचारका लागि बुधबार नयाँदिल्ली गएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>