देश/प्रदेश

सशस्त्र प्रहरीको फेसबुक पेज रिकभर हुनेक्रममै पुनः ह्याक

Banner

काठमाडौं, वैशाख ८

सशस्त्र प्रहरी बल (एपीएफ) को फेसबुक पेज फेरि ह्याक भएको छ । सशस्त्र प्रहरी बलको नाममा रहेको पेज केही समयअघि भियतनामी भाषामा परिवर्तन भएको पाइएको छ ।

सशस्त्र प्रहरी बल प्रवक्ता राजेन्द्र खड्काले यसअघि भएको ह्याकलाई रिकभर गर्ने क्रममै रहेका बेला फेरि ह्याक भएको बताए ।

‘यसअघि भएको ह्याक पूर्णरूपमा रिकभर भइसकेको थिएन । आज फेरि ह्याक भएको देखियो । हाम्रो आईटी टीमले हेरिरहेको छ’, खड्काले नेपाल प्रेससँग भने ।

केही साताअघि पनि सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>