आगलागी/क्षति

डढेलो निभाउने क्रममा गुल्मीमा एक विद्यार्थीको मृत्यु

Banner

रूपन्देही वैशाख ८-

गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक विद्यार्थीको मृत्यु भएको छ । उक्त घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । धुर्कोट गाउँपालिका वडानम्बर-३ का १३ वर्षका विद्यार्थी दीपक मुखियाको मृत्यु भएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । घाइते भएका उनको पाल्पामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार डढेलो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर-३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ ।

धुर्कोटको हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन प्रहरी र स्थानीय खटिएका थिए । बिहीबार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए ।

आगलागीबाट इस्मा गाउँपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पूर्णरूपमा नस्ट भएको छ । बाख्रा पनि मरेका छन् ।

त्यस्तै शिवलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर र ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ पनि जलेको छ । गर्मीयाम सुरू भएसँगै गुल्मीका कैयन् जंगलमा डढेलोको घटना बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>