समाज

निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला

Banner

जनकपुरधाम,वैशाख ७-

निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् । डेराबाट प्रहरीले उद्दार गरी निहारिकालाई प्रादेशिक अस्पताल लगिएको छ । स्थानीयले निहारिका डेरामै छटपटाई रहेको भनेर जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले तत्कालै आफ्नै गाडीमा अस्पताल पुर्याएको हो ।

निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन् । एक प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन् । विष सेवन गरेको आशंका छ । स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेको छ । त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिइन् ।

शिवराजसँग प्रेम गरेकै बेला निहारिका गर्भवती भएकी थिइन् । शिवराज गर्भ फाल्न दबाब दिए । तर उनी नमानेपछि शिवराज सम्बन्ध तोडेका थिए । त्यसपछि उनी बच्चा (छोरा) जन्माइन् र शिवराजविरुद्ध बलात्कार मुद्दा दर्ता गराइन् ।

तीन वर्षसम्म मुद्दा लडेपछि अदालतले शिवराजलाई निर्दोष रहेको फैसला गरेपछि उनी लामो समयसम्म आन्दोलन गरिन् । त्यसपछि छोरा र शिवराजको डिएनए परीक्षणको आदेश भयो । र, परीक्षण गर्दा शिवराज र उनका छोराको डिएनए मिल्यो ।

त्यसपछि ०७९ माघ १७ मा शिवराज र निहारिकाले श्रीमान-श्रीमतीको रुपमा बस्ने भन्दै अदालतमै मिलापत्र गरेका थिए । लगत्तै उनी दुबैजना जानकी मन्दिरमा विवाह गरिन् । र, अहिले उनीहरुबीच फेरी सम्बन्ध चिसिएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>