देश/प्रदेश

वायुसेवा निगमले बुझायो सञ्चय र लगानी कोषलाई ५३ करोड भन्दा धेरै

Banner

काठमाडौं, वैशाख ७

नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता बुझाएको छ। निगमले २०७९ चैत्र ३० मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो।

यससँगै निगमले हालसम्म दुबै कोषलाई दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। निगमका अनुसार २०७९ सालको असारमा एक अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाएको थियो। त्यस्तै पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाएको हो।

साथै, विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकाले यो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न र किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कोषलाई अनुरोध पत्र पठाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>