राजनीति

सत्ता गठबन्धनले आज बाराको चुनावीसभा सकेर चितवन आउने

Banner

चितवन, वैशाख ७–

पाँचदलीय गठबन्धनले बारा २ र चितवन २ मा आज (बिहीबार) चुनावी आमसभा गर्दैछ । गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा २ को महागढीमाईस्थित बरियारपुरमा बिहानको ११ बजेबाट चुनावीसभा गर्दैछ ।

त्यसपश्चात दिउँसो ३ बजे चितवनको कालिका नगरपालिकामा चुनावी सम्बोधन गर्न आउने गठबन्धनको तयारी छ । चितवन २ बाट गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठको पक्षमा भोट माग्न आउने भएका हुन् ।

चुनावीसभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>