चितवन विशेष

प्रधानमन्त्री प्रचण्डलगायत गठबन्धनका शिर्ष नेता आज चितवन आउँदै

Banner

चितवन, वैशाख ७–

वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत गठबन्धनका शिर्ष नेताहरु आज चितवन आउँदै छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई जिताउन नेताहरु चितवन आउन लागेका हुन् । आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न र मत माग्न पाउने आज अन्तिम दिन पनि हो ।

चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता बाबुराम भट्टराईलगायतका नेता पनि आउन लागेको नेपाली कांग्रेस चितवनले जानकारी दिएको छ । कालिका नगरपालिका–४ स्थित शहीद स्मृति क्याम्पसमा दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>