राजनीति

रविप्रति घनश्याम भुसालको कटाक्षः ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन्

Banner

काठमाडौं,बैशाख ६-

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् ।

बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (एमाले) अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए । ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए ।

उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट सुरु भएको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको आरोप लगाए । उनले अनुशासनहीनता र मूल्यहीनताको बिचमा प्रतिस्पर्धा हुँदा नराम्राहरूले जित्ने बताए ।

ूनयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरूका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ । आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरू नेता भएर हिँडेका छन् । यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरिका नजिक छ,उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>