राजनीति

संसद् राजसंस्थाको पैरवी गर्ने थलो होइनः सांसद दाहाल

Banner

काठमाडौं,बैशाख ६-

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन्। उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद् नभएको बताए।

उनले संसद्लाई राजसंस्थाको पैरवी गर्ने थलोको रुपमा जनताले नमान्ने उल्लेख गरे। सांसद दाहालले संसद् विज्ञापन एजेन्सी पनि भएको स्पष्ट बताए। उनले कोही हराएको विज्ञापन संसद्मा गर्नु नहुने जिकिर गरे। उनले संसद्मा अमर्यादित, अशिष्ट र अराजक वहसहरु हुने गरेका भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदहरुको ध्यानाकर्षण गराएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>