राजनीति

जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन एमाले सांसद सुुब्बाले गरिन् आग्रह

Banner

काठमाडौं,वैशाख ६-

प्रमुख विपक्षी दल नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय सुन्दा दुख लागेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन् ।

‘कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले भूउपयोग योजना तर्जुमाल गर्न लागेका थिए । यसैबेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ । यसले जमिनका खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ’ सांसद सुब्बाले भनिन् ।

उनले अगाडि भनेकी छन्, ‘निर्णय ९जग्गाको कित्ताकाट खोल्ने० सच्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारले मंगलबार मात्रै जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । सरकारले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै पुरानै अवस्थामा जग्गाको कित्ताकाट खुला गरेपछि एमाले सांसद सुब्बाले विरोध जनाएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>