चितवन विशेष
म चितवनका जनतालाई आवेग नभइ विवेक प्रयोग गरेर जितनारायणलाई जिताउन अपिल गर्छु: नेता सिंह

चितवन, वैशाख ६
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चितवन–२ को उपनिर्वाचनमा जनताले आवेगमा नभई विवेकले प्रयोग गरेर मतदान गर्ने बताएका छन् ।
बुधवार चितवनको चुनावी सभामा बोल्दै नेता सिंहले कांग्रेसका जितनारायण श्रेष्ठको विजयी हुँदा लोकतन्त्रवादीको जित हुने बताए । ‘यो उप–चुनाव मात्रै होइन । प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवाल पनि छ ? त्यसैले गठबन्धनका साझा उम्मेदवारको जित भनेको लोकतन्त्रवादीहरू को जित हुने छ,’ उनले भने ।
चितवनवासीले यस पटक सधैँ सुख–दुःखमा सबैको घर आँगनमा सजिलै भेटिने उम्मेदवारका पक्षमा मतदान गर्न उनले बताए । नेता सिंहले गठबन्धनको साझा उम्मेदवार श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार रहेको बताए । उनले भने, ‘चितवनको विकास र संवृद्धिका लागि यस पटक जितनारायणलाई जिताउन म अपिल गर्छु । अहिले संविधान र व्यवस्थाप्रति समेत प्रश्न चिन्ह खडा भएकाले कार्यकर्ताले जिम्मेवार राजनीति दलकाप्रति विश्वास गर्न मेरो आग्रह छ ।’



























