देश/प्रदेश

निशा डाँगीले खुल्ला प्रतिस्पर्धाबाट चयन गरिन् स्वकीय सचिव

Banner

काठमाडौं, वैशाख ६

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ अभ्यास गर्दै खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव छनोट गरेकी छन् । आफन्त र आसेपासेलाई स्वकीय सचिव बनाउने अभ्यास तोड्दै उनले भ्याकेन्सी खुलाएकी थिइन् ।

गत चैत १६ गते निशाले एक साताको म्याद राखेर स्वकीय सचिवका लागि भ्याकेन्सी खुलाएकोमा ११६ जनाले आवेदन दिएका थिए । उनीहरूबाट पहिलो चरणमा ३५ जना छनोट भएका थिए भने १९ जनाले लिखित र मौखिक परीक्षा दिएका छन् । यसको नतिजा निशाले सामाजिक सञ्जालमा प्रकाशित गरेकी छन् । जसअनुसार पर्वतको राम्जा देउरालीकी सुस्मिता क्षेत्री स्वकीय सचिव बन्न सफल भइन् । विराटनगरकी अपेक्षा सुबेदी र पोखराकी कविता आचार्य वैकल्पिकमा परेका छन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>