राजनीति

धरानको विकासमा वडाध्यक्ष बाधक भएकोले उनीहरुलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छः हर्क राई

Banner

धरान, वैशाख ६

धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् ।

साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ !

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>