राजनीति
चितवन र तनहुँमा नेपाल समाजवादीको समर्थन कांग्रेसलाई
०

काठमाडौं, वैशाख ५-
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले वैशाख १० को उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सुविधानगरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन २ र तनहुँ १ को निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा नेसपालाई प्रेषित पत्रमाथि गम्भीर छलफल गरी कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको जनाइएको छ । यस्तै, बारा २ मा गठबन्धनभित्रैबाट एकभन्दा बढी उम्मेदवार भएकाले त्यहाँको निर्णय गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ ।
बारा २ मा गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एस, लोसपाले जसपाका उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























