राजनीति

मन्त्री रञ्जिता श्रेष्ठको दावीः सबै भूमिहीनले मेरै पालामा लालपूर्जा पाउँछन्

Banner

काठमाडौं, वैशाख ५-

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहीनहरुलाई लालपूर्जा दिने दावी गरेकी हुन् । ‘मेरो पालामा भूमिहीनहरुलाई लालपूर्जा दिने लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरु छन् । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु’ उनले भनिन् ।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अब आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिइन् ।

‘उपत्यकाका मूलबासी लाखौं नेवारहरु लालपूर्जाविहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनैपर्छ । काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले, प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरुलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ’ मन्त्री श्रेष्ठले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>