चितवन विशेष

कवि भूपिनको नेतृत्वमा चितवनबाट गएको टोलीले अन्नपूर्ण बेस क्याम्पको गर्‍यो सफाई

Banner

चितवन, वैशाख ५-

कवि भूपिन खड्काको नेतृत्वमा चितवनबाट गएको टोलीले अन्नपूर्ण बेस क्याम्पको सरसफाइ गरेको छ ।

भूपिनको नेतृत्वमा गएको सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा बीबीए आठौ समेस्टरका विद्यार्थीहरुले बेस क्याम्पको सरसफाइ गरेका हुन् ।

आफूहरुले दोभानदेखि देउराली र बेस क्याम्पदेखि तल्लो सिनुवासम्मको सरसफाइ गरेर फर्किएको कवि भूपिनले नारायणी अनलाइनलाई जानकारी दिए ।
अन्नपूर्ण बेस क्याम्पबाट फर्किदा जम्मा गरेको फोहोर छोम्रोङ चेक पोस्टका अधिकारी टंक चौलागाईलाई बुझाएर ६ दिनपछि सोमबार साँझ टोली चितवन फर्किएको छ । गत कात्तिकमा आफू बेस क्याम्प पुग्दा जताततै फाहोर देखेपछि सरसफाइ गर्नुपर्छ भन्ने सोच मनमा आएको कवि भूपिनले बताए । उनले भने, ‘हामीले त्यसक्षेत्रमा सरसफाइ गर्दा चेकपोष्टका अधिकारी र विदेशीबाट राम्रो स्याबासी पायौं । ठाउँठाउँमा डस्टबिन राखे पनि पर्यटकहरुले फोहोर जथाभावी फाल्ने गरेको पाइयो । क्याम्पसका विद्यार्थीहरुले  पहिलोपटक यसरी सरसफाइ गरेकोमा चेक पोस्टको अधिकारी टंक चौलागाईले खुसी व्यक्त गर्नुभयो ।’ कयौपटक अभिमुखीकरण गर्दा पनि विभिन्न प्लास्टिक र खानाका प्लास्टिकहरु फाल्ने गरेकोमा चेक पोष्टका अधिकारीहरु चिन्तित थिए । विद्यार्थीहरुलाई फोहोर टिप्न अभिप्रेरित गर्दै भूपिनले भने, ‘पढ्नु भनेको सिद्धान्त जान्नु मात्र होइन, त्यसलाई समुन्नत जीवनका लागि प्रयोगमा ल्याउनु हो ।’ भूपिनले विश्वकै उत्कृष्ट १० भित्र पर्ने पदमार्ग तथा पर्यटकीय गन्तव्य अन्नपूर्ण बेस क्याम्पलाई सफा र सुन्दर राख्नु सबैको दायित्व भएको विचार राखे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>