देश/प्रदेश

मैले जितेमा बारा २ मा विकासको मूल फुट्छः उपेन्द्र यादव

Banner

बारा,बैशाख ३-

बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबनधनका साझा उम्मेदवार उपेन्द्र यादवले आफूले जितेसँगै बारा २ मा विकासको मूल फुट्ने दाबी गरेका छन्। आइतबार बाराको बाराको महागढीमाई नगरपालिकाको मलहनी, दहियार, बगडमपुर लगायतका गाउँमा घरदैलो गर्ने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले यस्तो दाबी गरेका हुन्।

जसपाका राष्ट्रिय अध्यक्ष समेत रहेका यादवले जनतामा भ्रम छरेर ठग्ने नेताहरूबाट सजग रहन पनि बारा २ का मतदातालाई आग्रह पनि गरे। बारा २ मा चुनावी घरदैलो र जनता दर्शनका क्रममा यहाँको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा विद्यमान समस्या बारे आफू राम्रोसँग जानकार भइरहेकाले आफूले जिते लगत्तै ती समस्याहरू समाधानका लागि पहलकदमी लिने यादवले बताए। उनले भने,‘ संघ र प्रदेश दुवै सरकारमा जसपा छ, त्यस कारण चुनाव जितेलगत्तै बारा २ को विकास र समृद्धिका लागि दुवै सरकारबाट थुप्रै योजनाहरू लिएर आउनेछु, यहाँको विकास र समृद्धि सधै मेरो प्राथमिकतामा रहनेछ, जनताका दुःख सुखमा मसँगै रहनेछु।

जनमति पार्टीका अध्यक्ष सिके राउत प्रति कटाक्ष गर्दै जसपा अध्यक्ष यादवले भने,‘ बारा २ मा जनमतले बदनाम उम्मेदवार उठाएकाले लाजले सिके राउत आफै उम्मेदवार बनेर जनतालाई भ्रमित पार्ने र ठग्ने काम गरिरहेका छन्। बारा २ का जनता माझ बदनाम शीवचन्द्र कुशवाहाको नाम लिन लाज लागेर सिके राउत आफू एक्लै चुनावी प्रचारमा हिँडेको यादवले बताए। यादवले भने, ‘शीवचन्द्र आफू एक्लै हिडेका छन्, उनीसँगै सिके राउत हिँडेका छैनन्, सिके राउतले शीवचन्द्रलाई सँगै लिएर हिँड्दा शीवचन्द्रको करनामाको भण्डाफोर होला कि भन्ने डर सिके राउतमा होला, उनीहरू दुवै सँगै हिडेको जनताले देख्न नै पाएका छैनन्।

जनमत पार्टी र त्यसका नेता सिके राउत मधेसलाई नेपालबाटै टुक्राउने नारा दिएर हिँडेका व्यक्ति भएकाले उनीहरूबाट जनता सचेत हुनुपर्ने पनि यादवले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>