अर्थ
नेपाल पुर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं

काठमाडौं,कात्तिक १९ –
आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ ।
पुर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पुर्वाधार क्षेत्रका विभिन्न परियोजना पेश गरिने भएको हो ।
काठमाडौंमा सरकार र निजि क्षेत्र संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर नेपाल पुर्वाधार सम्मेलन गर्ने घोषणा गरेको छ । पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले सम्मेलन लगानीका लागि भएका कानुनी सुधारमा भएका कुराहरु सोकेश गरिने जानकारी दिए ।
लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार धेरै गरिएकोसमेत बताए । ५९ ओटा कानुनको मस्यौदा तयार भैसकेको पनि लम्सालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा अर्थ मन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मन्त्री सोविता गौतम र निजी क्षेत्रको सहभागिता छ ।
























