चितवन विशेष
संसद बैठक सकिएपछि हाजिर गर्ने व्यवस्था गर्न सांसद हरि ढकालको माग

चितवन, वैशाख ३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
आतइबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका हुन् । उनले संसदमा गणपूरक संख्या नपुग्ने समस्या देखा परेको भन्दै समाधानका लागि सांसदको हाजिरी बैठक सकिएपछि गर्ने व्यवस्था उपयुक्त हुने सुझाव दिए।
गत चैत २९ गतेको बैठकमा गणपुरक संख्या नपुगेका कारण राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन्। त्यसअघि माघ १२ गते पनि गणपुरक संख्या नपुगेका कारण अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेको थिए । यही दुइटा उदाहरण प्रस्तुत गर्दै सांसद ढकालले आफूहरुबारे समाजमा नकारात्मक सन्देश गइरहेको बताए ।

























