देश/प्रदेश
रूकुममा दुई दिनपछि प्रहरीले भेटायो घर छोडेर हिँडेका पाँच बालक
०

रूकुम, वैशाख ३-
रूकुम पश्चिममा वैशाख १ गतेदेखि हराइरहेका पाँच बालक दुई दिनपछि फेला परेका छन्। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका(२ स्यालाबाट नयाँ वर्षका दिन बेपत्ता भएका पाँच बालकहरू जाजरकोटतर्फ जाँदै गरेको अवस्थामा आज बिहान साढे ९ बजे भेटिएका हुन्।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले १३ वर्षीय कबिराम थापा र मनोज थापा, १४ वर्षीय अब्रराम बुढा, ७ वर्षीय इशाक थापा र १३ वर्षीय अर्जुनलाई जाजरकोट जाने बाटोमा भेटेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























