राजनीति

हाम्रा अघि ठुला चुनौती छन्: जनार्दन शर्मा

Banner

काठमाडौँ, वैशाख १-

नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले देशका समस्या समाधान गर्न र पार्टी निर्माण गर्न चुनौती देखिएको बताएका छन् ।

पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै शर्माले देशमा र पार्टी निर्माणको चुनौतीलाई पार लगाउनु पर्ने बताए ।

‘हाम्रा अघि गम्भीर चुनौतीहरू छन् । आज परिवर्तनको रक्षा गरेर अघि बढाउनुपर्ने छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गरेर अगाडि बढाउनुपर्ने छ,’ शर्माले भने, ‘देशमा समृद्धि र सुशासन कायम गर्ने चुनौती छन् । पार्टीको नेतृत्वमा प्रचण्ड कमरेड सरकारमा जानु भएको छ । जनताका अपेक्षाहरूलाई पुरा गर्ने चुनौतीहरू छन् । त्यो पुरा हुने विश्वास लिएको छु ।’

सरकार निर्माण भएका एक सय दिनमा धेरै काम भएपनि त्यसमा निरन्तरता र गुणात्मकताको आवश्यकता भएको शर्माले बताए ।

माओवादी पार्टी निर्माण गर्न धेरै खालका चुनौती देखिएपनि निर्माण गरेरै छाडिने शर्माले बताए । ‘पार्टी निर्माणका चुनौती छन् । पार्टी केन्द्र र नेतातिर फर्किएको छ । अब पार्टीलाई कार्यकर्ता र जनतातिर फर्किएको पार्टी बनाउनुपर्ने छ,’ उनले भने, ‘पार्टी संगठन व्यवस्थित गर्दै उत्पादनमा जोड्नुपर्ने छ । त्यसपछि मात्रै पार्टी बनाउन सकिन्छ ।’ नेपाली माटोको विशेषता सहितको समाजवाद निर्माण गर्न सबै लाग्नु पर्ने शर्माले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>