गण्डकी

गण्डकी प्रदेशको अधिवेशन आह्वान, संसदबाटै राजीनामा दिने मुख्यमन्त्री अधिकारीको तयारी

Banner

पोखरा, बैशाख १-

गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार वैशाख ९ गते अधिवेशन आह्वान गरेका हुन् । माओवादीले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने उद्देश्यले अधिवेशन आह्वान गरिएको हो ।

‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधार बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन प्रदेश सभा भवन, नदीपुर मा २०८० वैशाख ९ गते शनिबार दिउँसो ३ बजे आरम्भ हुने जानकारी गराउँछु,’ प्रदेश प्रमुख गुरुङले जारी गरेको विज्ञप्तिमा छ ।

अल्पमतमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख ९ गतेसम्म सरकार छोड्नुपर्ने अवस्था छ ।

स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले सो दिन विश्वासको मत नलिई संसदबाटै राजीनामा दिने तयारी गरेका छन् । ‘विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था छैन । हामीलेहरुले मुख्यमन्त्री ज्यूलाई रोस्टमबाटै राजीनामा दिन आहन गरेका छौं,’ मुख्यमन्त्री स्रोतले भन्यो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>