राजनीति
रास्वपाले विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने
०

काठमाडौं, चैत २९-
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।
श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ।अडिओ प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।उनी एसिड आक्रमण पीडित समेत हुन्।
श्रेष्ठले गत आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो।कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























