समाज

भरतपुर अस्पतालका मेसुको कदरपत्र मोह, सामाजिक सञ्जालमा आलोचना

Banner

चितवन, चैत २९–

भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालको ६७औँ वार्षिकोत्सवको अवसरमा कदरपत्र प्रति मोह देखाएको भन्दै उनको आलोचना भएको छ । आफैले हस्ताक्षर गरेर कदरपत्र लिएपछि उनको आलोचना भएको हो ।

पौडेलको नाममा तयार भएको कदरपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको पनि हस्ताक्षर छ । भरतपुर अस्पतालमा आधारित रहि इन्डेक्स जर्नलमा आफ्नो अनुसन्धान खोज पत्र प्रकाशित गरेकामा पौडेललाई कदरपत्र प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

भरतपुर अस्पतालको वार्षिकोत्सव चैत २५ गते भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>