राजनीति

अखिल क्रान्तिकारी चितवनका सदस्य ढकाल माओवादी परित्याग गरी एमालेमा प्रवेश

Banner

चितवन, चैत २९–

अखिल क्रान्तिकारी चितवन जिल्ला कार्यालय सदस्य इन्जिनियर गौतम ढकाल नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बीच उनले नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली लगायतको उपस्थितीमा पार्टी प्रवेश गरेका हुन् ।

उनी लामो समयदेखि अखिल क्रान्तिकारीमा रहेर क्याम्पस कमिटी, जिल्ला कमिटी हुँदै कार्यालय सदस्यसम्म जिम्मेवारीमा रहेर काम गरेका थिए । नेतृत्व दक्षिणपन्थी अवसरवादमा लिप्त भएकाले चरम असन्तुष्टि जनाउदै कम्युनिष्ट आन्दोलनको मुलधार नेकपा एमाले नै भएको ठहर गर्दै उनी पार्टीमा समाहित भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>