राजनीति

ब्याजदरको समस्या सम्बोधन हुन्छ- अर्थमन्त्री महत

Banner

काठमाडौं, चैत २८-

अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या सम्बोधन हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा अर्थमन्त्री महतले ब्याजदरको समस्या सम्बोधन हुने बताएका हुन् ।
अर्थमन्त्री डा। महतले सरकारले सकरात्मक मनोबल बढ्ने गरी कदम चालेको बताए ।

साधरण सभामा बोल्दै उनले ऋणको पुनर्तालिकीकरण गर्न थालिएको संकेत गरे।

अर्थमन्त्री महतले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता जनाउँदै अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने बताए।

अर्थक्षेत्रमा दबाब रहेकोले यसलाई ध्यानमा राखेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>