अर्थ

प्रधानमन्त्रीलाई उद्योग मन्त्री रिजालको आग्रह : बैंकको ब्याजदर घटाइदिनुस्

Banner

काठमाडौं, चैत २८-

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका हुन् ।
अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उनले ब्याज न्यूनीकरणले धेरै समस्या समाधान गर्ने बताए । निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री रिजालले भने, ‘जे पर्छ पर्छ म प्रधानमन्त्रीलाई भन्छु ब्याजदर घटाइदिनुस् ।’ उनले अन्तर सरकारी समन्वय बढाउने पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>