राजनीति

माओवादी केन्द्रका अधिकांश विभाग ‘कोमा’मा, केही विभाग प्रमुख नै एमालेमा प्रवेश

Banner

काठमाडौं, चैत २८–

नेकपा माओवादी केन्द्रका ३४ विभागमध्ये अधिकांश प्रभावकारी हुन सकेका छैनन् । पार्टीले केन्द्रमा ३४ विभाग बनाए पनि धेरैजसो विभाग सुस्ताएको अवस्था छभन केही विभाग प्रमुख सहित सदस्यहरु एमालेमा प्रवेश गरिसकेका छन् । ३४ मध्ये २४ विभागले खासै काम गर्न सकेका छैनन् भने १० विभागले आफ्नो तर्फबाट सक्रियता देखाउने प्रयास गरेका छन् ।

माओवादीले विभाग गठन गरेको झण्डै २ वर्ष पुग्दासमेत तिनको काम प्रभावकारी देखिन नसकेको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुझाव दिन निर्देशन दिएपछि कतिपय विभागले आफ्नो सक्रियता देखाएका छन् ।

पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता तिलकराज भण्डारीले विभागहरुलाई कार्यकारी भूमिका नदिएसम्म प्रभावकारी काम हुन नसक्ने ठोकुवा गरे । ‘पार्टीले प्रायः सबै विषयलाई समेट्नेगरी विभाग गठन ग¥यो । नेताहरुलाई जिम्मेवारी दिएको छ,’ भण्डारीले भने, ‘तर, विभागलाई कार्यकारी रुपका अभ्यास गर्न नदिए काम हुँदैन । त्यसको महत्त्व पनि रहँदैन ।’ पार्टीका विभागलाई सक्रिय र कार्यकारी बनाए पार्टीभित्र विज्ञहरु उत्पादन हुने भण्डारीको दाबी छ ।

यस्तै, अर्का केन्द्रीय सदस्य एवम् स्थानीय तहका उपप्रमुख प्रकाश विकल्पले पार्टीका विभागहरु स्वायत्त नहुँदा प्रभावकारी काम हुन नसकेको प्रतिक्रिया दिए । ‘पार्टीका विभागहरु त्यति धेरै स्वायत्त छैनन् । विभागका काम कर्तव्यको सवालमा पार्टीले बढी नै चासो राख्छ । जसले गर्दा प्रभावकारी काम हुन सकेको छैन,’ उनले भने । तर, अरु पार्टीको तुलनामा माओवादी पार्टीका विभागले काम गरेको विकल्पको दाबी छ ।

पार्टी सचिव देवेन्द्र पौडेलले अधिकांश विभागका बैठक बसेर काम जारी राखेको बताए । ‘धेरै साथीहरुको धारणा विभागहरु कामकाजी भएको भए हुन्थ्यो भन्ने छ । त्यो हुन सकेको छैन,’ पौडेलले भने ।

अर्का सचिव गणेश शाहले विभागले गर्ने कामको स्पष्ट रोडम्याप नहुँदा प्रभावकारी काम नभएको बताए । अरु पार्टीमा विभागकै सिफारिस बमोजिम काम हुने गरे पनि माओवादीमा त्यो कार्यान्वयन नहुँदा विभाग कमजोर भएको शाहको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>