राजनीति

रास्वपालाई दीपकराज गिरीको व्यंग्यः ढाकामा समस्या हो कि पूरै गीतमा

Banner

काठमाडौं,चैत २७-

सांसद् ढाकाकुमार श्रेष्ठ दुई करोड घुस विवादमा तानिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दीपकराज गिरीले व्यंग्य गरेका छन्। उनले ‘ढाका (एउटा सांसद्मा) समस्या हो कि पूरै गीत (पार्टी)मा’ भन्दै व्यंग्य गरेका हुन्। उक्त प्रकरणपछि सामाजिक सञ्जालमा गिरीले लेखेका छन्, ‘चोली राम्रो पाल्पाली ढाकाको गीत सुन्दैछ। ढाकामा समस्या हो कि पूरा गीतमा‘।’श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको छ। उक्त रकम बुझाउन सक्दा आफूलाई स्वास्थ्य मन्त्री बनाइन सक्ने उनले बताएका छन्।

अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई एक साताका लागि पार्टीबाट निलम्बन गरेको छ। अनुशासन आयोगको छानबिन प्रतिवेदनपछि उनीमाथि थप कारबाही अघि बढाउने रास्वपाले निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>