राजनीति

अडियोबारे ढाकाको सचिवालयले भन्यो-दुई करोडको बार्गेनिङ गरेको छैन,आवाज सम्पादन गरेर षड्यन्त्र गरियो

Banner

चितवन,चैत २८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.ढाका कुमार श्रेष्ठको सचिवालयले योजनाबद्ध रूपमा सांसद श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको बताएको छ । आइतबार राति विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठको सचिवालयले आवाज सम्पादन गरेर नियोजित रूपमा श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छ ।

मिति २०७९/१२/२६ गते एक अनलाइन मिडियाले माननीय डा। ढाका कुमार श्रेष्ठ र अर्को एक जना व्यक्तिबीच फोन संवाद गरेको र सो संवादमा बोलेका अभिव्यक्तिहरू माननीय डा. ढाका कुमार श्रेष्ठको नभएको र सो आवाज सम्पादन (इडिट) गरी नियोजित रूपमा माननीय डा.ढाका कुमार श्रेष्ठको राजनैतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, अडियोमा भनेको जस्तो माननीय डा.ढाका कुमार श्रेष्ठ लाई मन्त्री बनाउने कुरो पार्टीमा नउठेको हुँदा यो योजनाबद्ध ढंगले माननीय डा.ढाका कुमार श्रेष्ठको इज्जत, मान, मर्यादालाई गिराउन केही समूहहरू हात धोएर लागेको प्रष्ट छ । विज्ञप्तिमा अडियो सार्वजनिक गर्ने मिडियाविरुद्ध विद्युतीय ऐन, २०६४ अनुसार कडा भन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि भनिएको छ ।

सम्पूर्ण आफन्त, साथीभाइ, शुभचिन्तकहरूमा माननीय डा. ढाका कुमार श्रेष्ठ निस्वार्थ, इमान्दार, कर्मठ एक व्यक्तित्व रहनुभएकाले यो नियोजित कपोकल्पित भ्रमको पछि नपरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ । र, शीघ्र सत्यतथ्य छानबिन गरी सत्य कुरा बाहिर ल्याउनेछौँ,विज्ञप्तिमा भनिएको छ । आइतबार मात्र रास्वपाका सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>