राजनीति
माओवादीहरू एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैनः दाहाल

अर्घाखाँची, चैत २५–
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की पोलिटब्यूरो सदस्य रेनु दाहालले देशभरका माओवादी नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएकी छन् । अर्घाखाँचीको सन्धीखर्कमा माओवादी केन्द्र अर्घाखाँचीको कार्यालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।
सो अवसरमा नेतृ दाहालले जनतालाई आशा जगाउनु र परिवर्तनको रक्षा गर्नु माओवादी नेता कार्यकर्ताको प्रमुख भूमिका रहेको बताइन् । उनले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सकृय भूमिका खेल्नु पर्ने बताइन् । जनयुद्धका सहिदहरूलाई सम्मान र घाईते बेपत्ता सहिद परिवारहरूको जिविकोपार्जनलाई सहज बनाउन वर्तमान सरकारले सरकार गठनको १ सय दिनमा उल्लेख्य काम गरको उल्लेख गरिन् । उनले यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् । नेतृ दाहालले भनिन् ‘अध्यक्ष प्रचण्डले पटकपटक भन्ने गर्नुभएको छ । हामी गरौकी मरौको अवस्थामा छौ, हामीलाई गफ गरेर बस्ने समय छैन । हामीले सरकारले हरेक दिन परिणाम दिने जनताका मन जित्ने गरी काम गर्नु पर्छ । यो भित्र ठूलो मर्म छ । पार्टी निर्माणको संकल्प छ ।’
अर्घाखाँचीमा पनि पार्टी छोडेर गएकाहरू माओवादी आन्दोलनको खिलापमा लागेका छन्, तिनीहरू गद्धार हुन् । उनीहरू पुरै गलत छन् परिवर्तन गर्ने र त्यसको रक्षा र विकास गर्ने मूलधारको माओवादी हामी मात्र हो–उनले भनिन् ।
भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले भरतपुरमा दोस्रो कार्यकालको नेतृत्वमा रहँदा आफूले विकास, समृद्धि सुशानमार्फत जनताको मन जित्ने गरी काम गरिरहेको धारणा राखिन् । उनले माओवादी केन्द्रबाट निर्वाचित संघ प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधीहरूलाई जनताको मन जित्ने गरी विकासमा जनतालाई जोडेर अगाडि बढ्न आग्रह गरेकी छन् ।
कार्यक्रममा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ सल्लाहकार बुद्धि जिसीले माओवादीहरू एक ढिक्का भएर अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताए । उनले पार्टीले लिएको विकास र समृद्धिको योजनालाई जनताका आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए । वर्तमान सरकारले छोटो समयमा जनताका समस्यालाई सहज ढंगले हल गर्न दर्जनौ निर्णय गरी कार्यान्यनमा ल्याएको बताउदै यसलाई जनस्तरसम्म पुर्याउन सिड्गो पार्टी पक्ति एक ढिक्का भएर लाग्नु पक्ने बताए । सरकारले गरेका राम्रा कामबाट आतिएर जनतामा भ्रम छर्न खोज्नेहरूका विरूद्ध प्रतिकार गर्न आग्रह गर्दै अर्घाखाँचीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा अर्घाखाँचीका नेता तथा अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सो अवसरमा नेतृ दाहाललाई नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिय ।
शनिबार नै गुल्मीको धुर्कोट गाँउ कमिटिले पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा नेतृ दाहालले सिङ्गो पार्टी एक ढिक्का भएर संगठन निर्माण र जनसेवामा लाग्न निर्देशन दिएकी थिईन् ।



























