राजनीति

रविले भने- आम नागरिकले सोधेको प्रश्नको जवाफ दिएपनि भ्रष्टले सोधेको प्रश्नको जवाफ दिन्नौँ र जेल कोच्छौं

Banner

तनहुँ, चैत २५

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको बताए।

शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका हुने बताएका हुन्।

‘त्यस्ता मानिसहरु हामीलाई प्रश्न गर्छन्, जसलाई त हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिस्ट बनाइरहेका छौं,’ लामिछानेले भने।

उनले त्यस्ता व्यक्तिहरूलाई आफूले जवाफ नदिने बताए।

‘आम नागरिकले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार छु,’ उनले भने, ‘तर, भ्रष्ट मान्छेले सोधेको एउटा पनि प्रश्नको जवाफ दिन्नँ। किनकी तिनलाई त जेल कोच्ने हो।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>