राजनीति

मेयर बालेनको अभिव्यक्तिले समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भइरहेको छः महासचिव पोखरेल

Banner

काठमाडौं, चैत २५-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आज शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको बताएका हुन्।

बिहान मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ उनले लेखेका थिए।

त्यसको जवाफमा जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका हुन्।

‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन्।

महासचिव पोखरेलको स्टाटस्:

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>