राजनीति
बारा २ का एमाले उम्मेदवार पौडेलले खेतमै पुगेर भेटे मतदाता
०

कलैया, चैत २५-
बारा २ को उपचुनाव मधेश आन्दोलनका दुई शीर्ष नेता उपेन्द्र यादव र सीके राउतको प्रतिष्ठाको विषय बनिरहेका बेला ओझेलमा परेका एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातासँगको भेटलाई तीव्रता दिएका छन् । अरू उम्मेदवार आरोप प्रत्यारोपमा उत्रिदा पौडेलसहितको एमाले टोली भने मतदातालाई भेट्न खेत खेतमा गइरहेका छन् ।
अहिले हिउँदे धान लगाउने मौसम रहेकाले बारा २ का अधिकांश किसान खेतमा हुन्छन् ।
घरदैलो गर्दै मत मागिरहेका पौडेलले एमालेले नजित्दा यो क्षेत्रमा विकास नभएको उनी आफूले विकासको अभियान चलाउने आश्वासन किसानलाई दिइरहेका छन् ।
निर्वाचन परिचालन कमिटी संयोजक तथा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, पूर्व मन्त्री तथा क्षेत्र नम्बर ३ की सांसद ज्वालाकुमारी साहलगायतका नेता कार्यकर्ता घरदैलोमा उम्मेदवारसँगै गइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























