देश/प्रदेश

आजबाट सिंहदरबारको फोहोर उठ्दैन र देश सफा गर्नु परे नेतालाई सिस्डोलमा डम्प गर्नु पर्छः बालेन

Banner

काठमाडौं, चैत २५-

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>