राजनीति

नयाँ र युवाको माहोल रहेको भन्दै केपी ओलीले मागे रामप्रसाद न्यौपानेलाई भोट

Banner

चितवन, चैत २५–

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले चितवन क्षेत्र नं २ का उमेदवार रामप्रसाद न्यौपानेको लागि भोट मागेका छन् । न्यौपानेले विद्यार्थी छात्रालाई नमस्कार गर्दै भोट भागेको फोटो सामाजिक सञ्जालमा राख्दै ओलीले माहोल नयाँ र युवाको रहेको बताए ।

‘शनिबारीय मूड, बालकोटबाट सबैलाई शुभ बिहानी । आज शनिबार, छुट्टिको दिन, रमणीय रहोस् । यी हुन् राम न्यौपाने, उमेर ४३ वर्ष, चितवन–२ का एमाले उम्मेदवार । पहिलो पटक चुनाव उठ्दैछन्’, उनले लेखेका छन्, ‘माहोल नयाँ र युवाको छ, यही चाहना बुझेर एमालेले यी लक्काजवानलाई उठाएको हो । हामी सधैं जनताको मन र मस्तिष्क बुझेर अगाडि बढ्ने नै छौ है ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>